लण्डन मेट्रोपोलिटन विश्वविद्यालय र इस्लिङट्न कलेजबीच बिए अध्धयन गर्ने सम्झौता

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ । इस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभिआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
  

आज काठमाडौंको होटल याक एण्ड यतिमा शैक्षिक उन्नतिका लागि काम गर्ने भएका छन् भन्दै लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बिए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्ने विषयमा चार निकायबीच सम्झौता भएको हो।


सो सम्झौता अनुसार विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यानम्यार र थाइल्याण्डमा अध्यापन गराइने छ।


यस साझेदारीमा अनलाइन शिक्षाको लागि प्लेटफर्मको रूपमा माइ सेकेन्ड टिचरले काम गर्ने भएको छ। माइ सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइने र तिनीहरूको असाइनमेन्टहरू पनि सोहि प्लेटफर्ममा वितरण गरिने बताइएको छ। यस सम्झौता अनुसार अनलाईन कक्षा सञ्चालन गर्न शिक्षकको पदपुर्ति लगायतका सम्पूर्ण काम माइ सेकेन्ड टिचरले गर्नेछ।


सम्झौतापत्रमा आरभिआइ ग्रुपका आर्गस एङ्ग, माइ सेकेन्ड टिचरका संस्थापक डा.बेन्सन सुङ इस्लिङट्न कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा.वेन्डी ब्लोइसीले हस्ताक्षर गरेका हुन्।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्