बम्किनचन्द्र चटर्जीको स्वाभिमान : एक प्रेरक प्रसङ्ग

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ । सुविख्यात उपन्यासकार बम्किनचन्द्र चटर्जी युवावस्थामा सरकारी नोकरीमा थिए । एक पटक बिदाको दिन उनी यशोधर बङ्गालामा आफ्नो पालकीमा बसेर काली मन्दिर दर्शनका लागि गइरहेका थिए । बाटोमा केही अँग्रेजहरु पार्कमा क्रिकेट खेलिरहेका थिए । 


त्यस बेला कुनै पनि भारतीयले अंग्रेजलाई देख्ने बित्तिकै पालकीबाट झरेर झुक्दै सलाम गर्नुपर्ने अंग्रेजहरुको मानसिकता थियो । तर स्वाभिमानी बम्किन पालकीबाट झरेनन् । क्रिकेट खेल्नेमध्ये एक बम्किनको अंग्रेजी अफिसर पनि थियो । उसले पालकीमा सलाम नगरिकन अगाडि बढेको सहन सकिरहेको थिएन । उसले पालकी नजिकै गएर बम्किनलाई नोकरीबाट हटाउने धम्की दियो । पालकीलाई लात मा¥यो ।


बम्किनले निर्भिकतासँग उत्तर दिए– तपाईं केवल कार्यालयमा मेरो अधिकारी हुनुहुन्छ । कार्यालय बाहिर होइन । 


भोलिपल्ट कार्यालयमा अंग्रेज अधिकारीले बम्किम विरुद्ध मानहानीको मुद्दा हाले । उनलाई नोकरीबाट हटाइने धम्की दिइयो तर उनले उत्तर दिए– नोकरीको लाभमा म कुनै विदेशीको अपमान सहन सक्दिनँ ।


न्यायाधीश अंग्रेज हुँदाहुँदै पनि न्यायप्रेमी थियो । उसले निर्णयमा लेख्यो– कार्यालयबाहिर कुनै अफिसरले बिना कुनै कारण आफ्नो कर्मचारीको अपमान गर्ने अधिकार पाउन सक्दैन । उसले कि त बम्किनसँग क्षमा मागोस्, अन्यथा क्षतिपूर्ति भरोस् । 


अन्ततः त्यो अफिसरले स्वाभीमानि बम्किनचन्द्रसँग क्षमा माग्नुप¥यो । यिनै बम्किनचन्द्र पछि न्यायाधीश बने । उनीद्वारा लिखित ‘आनन्द मठ’ उपन्यास राष्ट्रभक्तलाई प्रेरणा दिने अमर ग्रन्थ हो ।


साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्