नेपालगञ्ज म्याराथनमा आर्मीका खेलाडीको वर्चश्व

शनिबार, मंसिर २४, २०७९

नेपालगञ्ज । आठौं नेपालगञ्ज म्याराथनमा आर्मीका खेलाडीहरूले वर्चश्व कायम गरेकोका छन् । म्याराथनको उपाधि आर्मीका खडकबहादुर खड्काले जितेका छन् । उनले २ घण्टा २० मिनेट २८ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितेका हुन् ।

 

आर्मीकै नरेन्द्र सिंह रावत र मोहनदेव जोशी क्रमशः दोस्रो र तेस्रो भए । रावतले २ घण्टा २२ मिनेट २९ सेकेण्ड र जोशीले २ घण्टा २४ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेका हुन् । १० किलोमिटर पुरुषमा त्रिभुवन आर्मी क्लबकै मुकेश पालले उपाधि जिते।

 

यसपटक आयोजकले प्रतियोगिताको पुरस्कार राशि बढाएको थियो । जसअनुसार म्याराथनको विजेताले एक लाख ५० हजार,  उपविजेताले ६० हजार, तेस्रो हुनेले ३० हजार र चौथो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाए भने पाँचौंदेखि आठौंस्थानमा आउनेले क्रमसः १०, ८, ७ र ६ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

 

महिला हाफ म्याराथनतर्फ विजेताले ६० हजार, उपविजेताले ३० हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । पाँचौंदेखि आठौं स्थानसम्म आउनेले क्रमसः ८ हजार, ७ हजार, ६ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्