याे साता सुन र चाँदीकाे मूल्य उकालाे लाग्याे

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ – यो साता सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्यमा १२ सय रुपैयाँ बृद्धि भएको छ भने चाँदी ४५ रुपैयाँले बढेको छ । 

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तर, यो साताको अन्तिम कारोबार दिन शुक्रबारसम्म प्रतितोला १२ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा १२ सय रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ३०० रुपैयाँ पुगेको जानकारी दिएको हो ।


यसैगरी, यो साता चाँदीको मूल्य समेत प्रतितोला ४५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो शुक्रबारसम्मा १३ सय ९० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्