समानुपातिक सांसद छान्न काँग्रेसकाे बैठक बस्दै

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ –  समानुपातिक तर्फका सांसदको टुङ्गो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। आज दिउसो १ बजे कांग्रेस केन्द्रीय कार्यालयका बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


निर्वाचनको समीक्षा, सत्ता गठबन्धन र भावी सरकारको रणनीतिलगायत बैठकका एजेण्डा रहेको जनाइएको छ।


साथै, समानुपातिकर्फतका सांसदहरूको छनोटका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई अनिवार्य उपस्थित हुन कांग्रेस केन्द्रीय कार्यालयले आग्रह गरेको छ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १०:१३
प्रतिक्रिया दिनुहोस्