समानुपातिक सांसद छान्न राप्रपाकाे बैठक बस्दै

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ – समानुपातिक तर्फका सांसदको टुङ्गो लगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराही बैठक बोलाइएको हो । 

 


प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रापले समानुपातिकतर्फ पनि सातै सिट ल्याएको छ। यस्तै विभिन्न प्रदेशमा गरी राप्रपाले समानुपातिकतर्फ १७ सिट हात पारेको छ।

 

तिनै सांसद छान्न राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको हो।

 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्