तुरुन्तै परिणाम चाहनेहरु जित्न सक्दैनन्

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ । तपाईंले बगैँचाको झार फाँड्नुपर्दा सजिलो र कठिन दुईवटा तरिका अपनाउन सक्नुहुन्छ । सजिलो तरिकाअनुसार गर्दा घाँस काट्ने मेसिन जमिनमाथि चलाएर फाँड्नुहुन्छ । यो अस्थायी समाधान हो । हप्ताभरमै फेरि त्यो ठाउँ हराभरा भइसकेको पाउनुहुन्छ । कठिन तरिका अपनाउँदा तपाईंले निउरिएर घुँडा टेकी झारका जरासमेत पूरै तान्नुपर्छ । यो स्थायी समाधान हो । त्यही झार फेरि हुर्किएर तपाईंलाई कष्ट पु¥याइराख्दैन ।


पहिलो समाधान सजिलो लाग्छ, तर समस्या कायमै रहन्छ । दोस्रो समाधान केही कठिन हुन्छ, तर समस्यालाई यसले जरैबाट उखेल्छ । समस्याको जरासम्म पुगी त्यसको समाधान गर्नु सबैभन्दा महत्वपूर्ण पक्ष हो ।


जीवनप्रतिको हाम्रो दृष्टिकोण बारेमा पनि माथिकै सन्दर्भ सत्य सावित हुन्छ । कतिपय मान्छेहरु तीतोपनका साथै आक्रोशको दृष्टिकोणलाई आफूभित्र उमारी हुर्काउँछन् । उनीहरुका ती दृष्टिकोण जीवनका विभिन्न वरव्यवहारमा देखापर्दछन् । 


आजका मान्छेको समस्या नै के हो भने उनीहरु तुरुन्त समाधान चाहन्छन् । उनीहरु हरेक समस्याको समाधान मिनटभरमै भइहालोस् भन्छन् । भन्नासाथ ल्याइने पसलको कफीजस्तै तुरुन्त पाइने खुसी उनीहरु खोज्छन् । तुरुन्तातुरुन्ती यति छिटो उनीहरुको चाहना परिपूर्ति गरिदिने कुनै सूत्र छैन । अनि के हुन्छ ? यस्तो सोच र दृष्टिकोणले अन्नतः बेखुसी र निराशा उत्पन्न गराउँछ ।
साभारः ‘तपाईंको जित’ पुस्तकबाट

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ०९:२६
प्रतिक्रिया दिनुहोस्