यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा हुन लागेको यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिप आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

 
प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुँदै छ।पुरुष ८ तथा महिला ५ टिम सहभागी हुने उक्त खेलमा सहभागी हुन विभिन्न राष्ट्रका खेलाडीहरु काठमाडौं आएका छन् । खेलमा सहभागी हुन आएका विभिन्न राष्ट्रका कप्तानले प्रतियोगिताका लागि आफूहरू तयार रहेको बताएका छन् ।


सहभागी राष्ट्रका कप्तानले प्रतियोगिताका लागि तयार रहेको बताउँदै उत्कृष्ट नतिजा ल्याउनका लागि मैदानमा उत्रने बताएका छन्।


प्रतियोगिताका लागि एसिया रग्बीका अध्यक्ष कायस अल धलाइ पनि बिहीबार नेपाल आइसकेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्