मुना: ढुंगाको काप फोरेर उम्रिएको पिपल

शनिबार, मंसिर २४, २०७९


काठमाडौँ – महिलाहरुको क्षमता माथि लगतार प्रश्न उठाउने गरेको हाम्रो समाजमा महिला कुनै पनि अवस्थामा कमजोर छैनौँ भनेर सवित गराउन सफल भएकी छिन् मुना घिमीरे क्षेष्ठ । उनी नेपालको पहिलो हेभी इक्विपमेन्ट (डोजर) चलाउने महिला भनेर चर्चित छिन् ।  हाल उनी सडक विभागको हेभी इक्विपमेन्ट डिभिजन बानेश्वरमा कार्यरत छिन् ।


विभिन्न चुनौतीका बाबजुद पनि  नेपालकी पहिलो हेभी इक्विपमेन्ट चलाउने महिला भनेर चिनिन् पाउँदा गर्व लाग्ने गरेको उनी बताउछिन्, उनको जन्म गोरखामा भएता पनि उनले बाल्याकाल भने तनहुँको आबुखैरेनी भन्ने ठाँउमा बिताइन् । त्यहाँबाट उनले कक्षा ८ पास गरिन भने बिचमा परिवारका बिविद कारणले गर्दा उनले त्यसपछि आफनो शिक्षालाई बिचमै छाडिन् तर विस्तारै पढाईको महत्व बुझ्दै गएपछि उनले पढाई छाडेको १५ बर्ष पछि पुन पढाई सुरु गरेको बताइन् । 

 

त्यो बेलामा पुरुषहरुले मात्रै गर्ने गरेको उक्त काममा र्छिदा सुरुवाती चरणमा सहजता भने भएन तर गर्न सक्छु भनेर अगाडि बढ्ने उनको स्वाभाव र श्रीमानको पूर्ण सहयोग पाएकी उनलाई अगाडि बढ्नबाट कसैले रोक्न सकेन् । उनलाई हेभी इक्विपमेन्ट चलाउने पहिलो महिला बनेर देखाउछु भन्ने कुनै पनि आशा थिएन् तर  उनलाई परिवारमा भएको अभावले दिएको शाहसबाट उनी पहिलो महिला बन्न सफल भइन् । 

 

गरिबको घरमा चिह्याउने प्वाल र आफनो परिवारलाई समाजले हेर्ने दृष्टिकोण प्रति परिवर्तन ल्याउने उनको चाहनाले उनलाई यहाँसम्म ल्याएको उनको भनाई छ । छोरी मात्र भएका उनको परिवारमा समाजले उनका माता पितालाई छोरा छैन् भोली तिमीहरुलाई कस्ले पाल्छ छोरी पोई घर जाने जात उसले के गर्न सक्छ जस्ता भनाइहरुबाट गरिने विभेदले उनलाई म पनि पुरुषले जस्तै केही गरेर देखाउछु भन्ने हौसला जागेर आएको उनले बताइन् । तर उनलाई नेपालकै पहिलो महिला बन्छु भन्ने चाहीँ कुनै पनि आशा थिएन । 

 

एकजना सहयोगीको साथमा नौ कक्षा पढ्दा पढ्दै गोरखाबाट नेपालगन्जको एउटा निर्माण कम्पनीमा काम गर्न पुगेकी उनलाई डोजर र इस्काभेटर जस्ता ठूला उपकरणले आकर्षित ग¥यो । १७ वर्षको उमेरमा उनी लामा स्वदेश निर्माण सेवामा काम गर्ने क्रममा उनको इकुप्मेन्ट प्रतिको रुचि देखेर त्यहाँका संचालकले उनलाई उपकरण चलाउन सिकाए । विस्तारै उनले ती उपकरणहरू चलाउन सिकिन् र केही समयपछि निकै हिम्मत गरेर चलाइन् । उनी भन्छिन् शुरूमा त हात काप्यो  तर विस्तारै हात बस्यो । पहिलो पटक डोजर चलाइसकेपछि उनलाई चलाउन सक्छु भन्ने आत्मविश्वास भयो ।

 

शहरी क्षेत्रमा होस वा गाँउमा होस अहिले पनि महिलाले ठुला उपकरण चलाएको देख्दा कतिपय मानिसहरू आश्चर्यमा पर्छन् । दूरदराजमा पहाड फोर्दा वा सडक खोल्दा मान्छेहरूको भीँड लाग्ने गरेको उनी सुनाउँछिन् ।

 

कतिपय वृद्धहरूले उनलाई आशीर्वाद दिन्छन्, कतिपय मानिसहरू उनीसँग फोटो खिचाउन आउँछन् । दर्जनौँ संघसंस्थाले उनलाई कदरपत्रबाट सम्मान गरे पनि उनलाई आममानिसले  दिएको माया नै आफ्नो लागि वास्तविक सम्मान भएको उनको बुझाइ छ । अझैपनि हाम्रो समाजमा महिलाहरु अगाडि बढ्दै गर्दा हजारौँ पटक सोच्नु पर्ने बाध्याता रहेको छ । हिलाहरुले नडराई अगाडि बढ्नु पर्ने र भविष्यमा अवस्य सफलता पाउने उनको भनाई छ । समाजले जस्तो जे सुकै भनेता पनि आफनो रोजाई र सोचाईबाट कहिले पछि हट्न नहुने उनले बताइन् ।  

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्