क्रोएसिया विश्वकप २०२२ को सेमीफाइनलमा प्रवेश

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ । क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । फुटबल जगतको हिरो र पाँच पटक विश्वकप जितेका ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को सेमीफाइनलमा प्रवेश गरेको हो।


शुक्रबार राति कतारको राजधानी दोहास्थित एजुकेसन सिटी रंगशालामा भएको खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै क्रोएसिया अन्तिम चारमा पुगेको हो।


पेनाल्टी सुटआउटमा ब्राजिलका रोद्रिगोको प्रहार क्रोएसियाका गोलकिपर लिभाकोभिकले विफल पारेका थिए भने मार्किन्होसको प्रहार पोलमा लागेको थियो। ब्राजिलका लागि कासिमेरो र पेड्रोले मात्र गोल गरेका थिए। क्रोएसियाका भने सबै खेलाडी पेनाल्टीमा सफल भए।

 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ०७:१७
प्रतिक्रिया दिनुहोस्