समानुपातिक सांसद टुंग्याउन माओवादीको पदाधिकारी बैठक बस्दै

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ ।  हिजो (शुक्रबार) बसेको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याइकनै सकिएपछि आज फेरि बस्न लागिएको माओवादीले जनाएको छ । 


पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको थियो । समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर आज टुंगो लगाइने माओवादीले जनाएको छ ।
 

माओवादीले संघमा १४ र प्रदेशमा कुल २९ सिट पाएको छ । समानुपातिक सांसदको सूची आज ४ बजेभित्र निर्वाचन आयोगमा पेस गर्नुपर्ने समय तालिका छ।

 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ०६:४०
प्रतिक्रिया दिनुहोस्