यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ । आज नेपाली बजारमा अमरिकी डलरको खरिद दर १३१ रूपैयाँ ३४ पैसा र बिक्री दर १३१ रूपैयाँ ९४ पैसा रहेको नेपाल राष्ट्र बैँकले विनिमय दर तोकेको छ।


युरो एकको खरिद दर १३८ रूपैयाँ ६६ पैसा र बिक्री दर १३९ रूपैयाँ २९ पैसा रहेको छ।  


जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ८९ पैसा र बिक्री दर १६१ रूपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्