युद्धमा हारेको सैनिकको टाउको काटेर खेल्दै फुटबल विकास

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौँ । फुटबल मूलतः खुट्टाले खेलिने खेल हो तर यसको इतिहास टाउकाबाट सुरु भएको पाइन्छ । प्राचीन कालमा युरोपका केही जातिहरु मानिसको काटिएको टाउकोलाई फुटबलको रुपमा खेल्थे । 


युद्धमा हारेका सैनिकहरुको टाउको काटेर विजयोत्सवको रुपमा खेलिन्थ्यो । समयक्रममा विस्तारै यसले फुटबलको रुप लियो । सर्वप्रथम रोमनहरुले आफ्नै सैनिक अभ्यासमा फुटबल समावेश गरेर यसको विकास गरेको तथ्य इतिहासमा पढ्न पाइन्छ । 


आजभन्दा २००० वर्ष पहिले चीनमा छालाको भकुण्डोलाई उत्सवहरुमा खेलिन्थ्यो, जसलाई स्थानीय भाषामा ‘चुसो’ भनिन्थ्यो । त्यही छालाको भकुण्डो नै आजको फूटबलको पहिलो विकसित रुप थियोे ।

साभारः ‘अनौठा कुरा’ पुस्तकबाट

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ०८:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार