नाडाद्वारा राष्ट्र बैँकको नीति विरुद्ध प्रर्दशन (फोटोफिचर)

बिहीबार, मंसिर २२, २०७९

काठमाडौँ– नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा नेपाल राष्ट्र बैँकका वर्तमान नीतिहरुको विरोधमा माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ । नाडाले माइतिघर मण्डलामा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको हो । 


अटोमोवाइल व्यवसायसंग सम्बन्धित विषयहरुमा नेपाल राष्ट्र बैंकले ल्याएको एक पछि अर्को व्यवसाय अमैत्री नीति नियमहरु, जस्तै हायर पर्चेज कर्जामा ५० प्रतिशतको सीमा, जोखिम भारमा बृद्धि, प्रतितपत्र मार्जिनमा बढोत्तरी लगायत विभिन्न नीति नियमहरुमा गरिएको कडाईका कारण अटोमोवाइल व्यवसायीहरु पूर्णत: धरासायी हुने अवस्थामा पुगेको भन्दै आयोजना गरेको हो ।  

यससँंगै हाल जारी गरिएको चालु पूँजी कर्जा तथा बैंकको व्याज तथा प्रिमियम दरमा गरिएको बृद्धिका कारण यो व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको नाडाले जनाएको छ ।  

सयौं अटोमोवाइल शो रुमहरु बन्द भईसकेका छन् भने थप अन्य शो रुमहरु समेत बन्द हुने क्रममा रहेका छन । यस्तो स्थितिका कारण यस व्यवसायमा आश्रित हजारौ कर्मचारीहरु समेत बेरोजगार बन्न पुगेका नाडाले उल्लेख गरेको छ । 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्