महाभियोग प्रस्ताव जीवितै छ : सरकार

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ–सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग जीवित नै रहेको बताएका छन् । यसबारे अब आउने संसदमा छलफल भएर निर्णयमा पुगिने उनको भनाइ छ ।


मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने, ‘महाअभियोग सार्वभौमसम्पन्न संसदको सम्पत्ति हो, यसबारे आउने प्रतिनिधिसभामा छलफल भएर निर्णयमा पुग्छ ।’


‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन अर्को प्रतिनिधि सभामा छलफलका लागि पठाइएको हो । त्यसैले त्यो विषय जीवितै छ’, मन्त्री कार्कीले भने । उनले महाभियोग सार्वभौम संसद्को सम्पत्ति भएको समेत बताए ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्