भारतको गोवामा रुसी पर्यटक बलात्कृत, २ नेपाली पक्राउ

मंगलबार, मंसिर २०, २०७९


काठमाडौँ— उत्तरी गोवाको कलङ्गुटस्थित एक होटलको कोठामा ३७ वर्षीय रुसी नागरिकलाई बलात्कार गरेको आरोपमा गोवा प्रहरीले दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ । दुवै अभियुक्त होटलमा रुम ब्वाइजको रुपमा काम गर्थे ।

पक्राउ पर्नेमा बर्दियाका २३ वर्षीय सखिल अन्सारी र २३ वर्षीय सयुम्दिन अन्सारी रहेका स्थानीय पत्रिकाले समाचार लेखेको छ । 

प्रहरीका अनुसार डिसेम्बर १ मा गोवा आएकी पीडित युवती अन्य दुई जनासँग होटलमा बस्दै थिइन् ।

गोवाका पर्यटकीय स्थलहरूको भ्रमण गरेपछि रक्सीको नशामा लठ्ठ परेकी युवती सुत्न आफ्नो होटलको कोठामा फर्किन्। सरसफाईको बहानामा एकजना अभियुक्त कोठाभित्र पसेर पीडित युवतीलाई बलात्कार गरेका थिए । मदिराको नशामा परेकी पीडितले आफू बलात्कृत भएको थाहा पाइनन् ।

रुसी नागरिकले रक्सी पिएकी थिइन् र सुत्न होटलको कोठामा गएकी थिइन्। यद्यपि, त्यो समयमा उनीसँग अन्य दुई रूममेटहरू थिएनन्, उत्तर गोवाका पुलिस अधीक्षक (एसपी) निधिन भल्सनले भने।

पछि अर्को अभियुक्त कोठामा पसे र बलात्कारको प्रयास गरे, महिलाले होश आयो र मद्दतको लागि चिच्याइन्।

प्रहरीले मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्