किम्फ फेस्टिबल मंसिर २२ देखि २६ गतेसम्म सञ्चालन

मंगलबार, मंसिर २०, २०७९

काठमाडौँ ।  हिमाल एसोसिएसनले काठमाडौं महानगरपालिकाको सह-आयोजनमा गर्न लागेको अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिबल (किम्फ) मंसिर २२ देखि २६ गतेसम्म गर्ने भएको छ । फेस्टिबलमा यसपटकको संस्करणमा ३० मुलुकका ६० वटा भन्दा बढी फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ । 

राष्ट्रिय सभागृह र पर्यटन बोर्डको प्रेक्षालयमा हुने फेस्टिभल बलिउड निर्देशक तथा अभिनेता प्रकाश झा प्रमुख वक्ताको रुपमा सहभागी हुने भएका छन्। झा अभिनित तथा एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदैछ ।

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छन् । कोभिड महामारीको कारण किम्फका अठारौं र उन्नाइसौं संस्करण भर्चुअल माध्यममार्फत भएको थियो । महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म देखाइनेछन् । यस वर्ष किम्फको मूल नारा दिगो आरोहण रहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्