विश्वलाई आकर्षित गर्ने कतारको सौन्दर्य

आइतबार, मंसिर १८, २०७९

कतारमा प्रवासीहरूका लागि बनाइएको विलासी कृत्रिम टापुमा बस्ने बेलायती नागरिक सिओभान टुली कतारले पृथ्वीमा अवस्थित मानवद्वारा निर्मित एउटा छुट्टै दुनियाको महसुस गराउने गरेको बताउँछन् । 


यहाँ विशेष कालीगद्वारा बनाइएका ठाउँहरूलाई हेर्दा एक प्रकारको छुट्ट आनन्दको अनुभुती हुने गरेको उनको अनुभव छ । उनी भन्छन्, ‘यहाँका सडकहरूले खाडी देशको सट्टा भूमध्यसागरको युरोपेली भाग जस्तो महसुस गराउँछ ।’ 


यहाँ कतारका नागरिक भन्दा धेरै विदेशी नागरिक भेटिन्छन् । प्रायः पश्चिमी शैलीमा लुगा लगाएका मानिसहरु यहाँका सडक, क्याफेहरू र बिस्ट्रो–शैलीका रेस्टुरेन्टहरूमा भेट्टाउन सकिन्छ । यहाँका मानिसहरू लक्जरी भिला वा अपार्टमेन्ट ब्लकहरूमा बस्छन् । 
त्यस्तै कतारको सौन्दर्यलाई थप सुन्दर बनाउँछ ला पर्लाले, यो कतारको प्रमुख निर्माण कम्पनी हो । यो एउटा कृत्रिम टापु हो, जसलाई मानिसले बनाएको हो र यसका लागि ४० लाख वर्गमिटर समुद्री क्षेत्र प्रयोग गरिएको छ । यो युनाइटेड डेभलपमेन्ट संयुक्त विकास कम्पनीको प्रमुख परियोजना हो । 


यो कतारको पहिलो यस्तो सहरी परियोजना हो, जसमा कतार बाहिरका मानिसहरूले पनि घरजग्गा खरिद गर्न सक्नेछन् । यहाँ २५ हजार आवासीय एकाइहरू छन् । हाल यहाँ ३३ हजार मानिसहरु बस्छन् । 


यहाँ एउटा घरको लागत ३ लाख डलर पर्न जान्छ ।  यो क्षेत्र आकाशबाट हेर्दा मोती जस्तो देखिन्छ । त्यहाँ धेरै रेस्टुरेन्ट र विलासी होटलहरू, सपिङ मलहरू, बार र सिनेमा घर छन् । कतारमा जारी विश्वकपमा सहभागी अमेरिकी टोली यीमध्ये एउटा विलासी होटलमा बसेको छ ।


सिओभान र इयान टुली एक बेलायती जोडी हुन्, जो सात वर्षदेखि कतारमा बस्दै आएका छन् । उनले आफनो साढे ६ वर्ष ला पर्लामा बिताए । उनी भन्छन्, ‘हामी सुरुमा आउँदा यहाँ कुनै पनि सेवा उपलब्ध थिएन । तर छोटो समयमा यहाँ रेस्टुरेन्ट, क्याफे र व्यवसाय फस्टाएको छ ।’ 


राजधानी दोहा एउटा यस्तो आधुनिक सहर हो, जहाँ सडक धेरै लेनहरूले जोडिएको छ । तर यहाँका हरेक कुरा सोचे जस्तो सुन्दर पनि नभएको होइन । सिओभान भन्छन् ‘यहाँ सबैभन्दा नराम्रो कुरा भनेको लगातार ड्रिलिङ हो । जताततै निर्माण भइरहेको हुन्छ । यहाँ विशेषगरी अस्पताल र विद्यालय नभएको गुनासो गरेका छन् । अहिले यहाँ ठूलो अस्पताल बनिरहेको छ । 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्