पेटभित्र ४ सय ६२ रूपैयाँ बराबरकाे १८७ सिक्का भेटिएपछि

आइतबार, मंसिर १८, २०७९

काठमाडाैँ – भारतको कर्नाटस्थित बागलकोटमा रहेको एक अस्पतालमा शल्यक्रिया गरेका चिकित्सक एकाएक चकित परे । शल्यक्रियामा जुटेका चिकित्सकको समूह जुन बिरामीको पेटको शल्यक्रिया गरीरहेका थिए उसको पेटबाट जे जे निस्कियो यसले चिकित्सलाई चकित पार्याे ।

 

आइतबार पेट दुखेको भन्दै अस्पतालमा उपचारका लागि पुगेका ५८ वर्षीय दयमप्पा हरिजनको पेट बेलुन झैँ फुलेको थियो । जसका कारण चिकित्सकले उनको पेटको एक्स-रे गरे । पेटमा केही वस्तु देखेपछि यसलाई शल्यक्रिया मार्फत बाहिर निकाल्न चिकित्सकको समूहले अप्रेसन थाल्यो तर जब बिरामीको पेटबाट एक एक गर्दै १८७ सिक्का निस्कियो यसले चिकित्सकको समूह नै तिन छक्क परे ।

 

बागलकोटको श्री कुमारेश्वरा अस्पतालमा शल्यक्रियाको क्रममा दयमप्पाको पेटबाट १८७ सिक्का निकाल्यो । जसमा ५६ वटा ५ रुपैयाँको सिक्का, ५१ वटा २ रुपैयाँको सिक्का र १ रुपैयाँको ८० वटा सिक्का थियो । दयमप्पाका आफन्तले दिएको जानकारी अनुसार उनी मानसिक बिरामी थिए र उनले ३/४ महिनामा अलि अलि गर्दै यति धेरै सिक्का निलेको हुन सक्थ्यो । 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०७:०८
प्रतिक्रिया दिनुहोस्