आचार्य रजनिस ओशोका केही अमर वाणीहरू

आइतबार, मंसिर १८, २०७९

१. योग कुनै धर्म होइन भन्ने स्मरण गर्नु । योग हिन्दु, मुस्लिम र इसाई होइन । योग त विशुद्ध विज्ञान हो— गणित, फिजिक्स र केमेस्ट्री सरह । यो त एक विशुद्ध गणित भयो आन्तरिक अस्तित्वको । त्यसले मुसलमान, इसाई, जैन र बौद्ध सबै योगी हुन सक्छन् ।

२. मौनको अर्थ हो निःशब्द हुनु । शब्द मनको खुराक हो । मन त शब्दलाई पाउन चाहन्छ । तर मेरो कुरा सुन्छौ भने शून्यलाई, मौनलाई समात्नु र पाउनू । आत्मसात् गर्नु मौनलाई ।

३. मौनमा र करुणामा विरोध छैन । मौनबाट करुणा पैदा हुन्छ र करुणा वान व्यक्ति बिस्तारै मौन हुँदै जान्छ ।

४. साधारण व्यक्ति वासनाले बोल्छ र बुद्ध पुरुष करुणाले बोल्दछन् । साधारण व्यक्ति यस कारण बोल्दछ कि बोल्दा केही प्राप्त हुन सक्छ । जबकि बुद्ध पुरुष यस कारण बोल्दछन् कि तिमी पनि साझा बन त्यस परम अनुभवमा ।

५. जब वाणीले थकाउँछ, तब बोल्न कठिन हुन्छ तब मौनमा उत्रनू । ठिक त्यसै गरी जसरी दिनभरिमा थाकेको मानिस रात्रिमा निधाउँछ ।

६. चुपचाप रहनुको नाम मौन हो भन्ने नठान । चुपचाप त मानिस हजारौँ कारणले हुन सक्छ । जबसम्म मन छ मौन छैन । मनको मृत्युको नाम मौन हो । भित्र विचार नचलुन्, तरङ्ग नउठुन्, तब मौन हो ।

 

साभार: ‘महापुरुषहरूका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०६:४१
प्रतिक्रिया दिनुहोस्