चुट्किला

आइतबार, मंसिर १८, २०७९

उसलाई घिसार्दै

शेरे : छिटो यहाँ एउटा एम्बुलेन्स पठाइदिनु पर्‍यो । दुर्घटनामा मेरो साथी घाइते भयो नाक, कानबाट रगत आइराको छ ।
अपरेटर : तपाईँ कहाँबाट बोल्नु भएको ?
शेरे : कोटेश्वरबाट ।
अपरेटर : तपाईँ मलाई स्पेलिङ भन्दिनु न ल ।
शेरे बोलेन ।
अपरेटर: सर के तपाईँले सुन्न भएको छ ?
सेरेको तर्फबाट केही आवाज आएन ।
अपरेटर : सर, प्लिज, जवाफ दिनु न मेरो आवाज आको छ कि नाइँ ?
सेर : हजुर, हजुर माफ गर्नुहोला ।
मलाई कोटेश्वरको स्मेलिङ आउँथेन त्यही भएर मैले उसलाई घिसार्दै तीनकुने लेराको छु ।
अब लेख्नुहोस्— tin kune

गाउँले नोकर्नी थिई

मुन्द्रेको घरमा एउटी गाउँले नोकर्नी थिई
उसले घरको काम गर्ने क्रममा एउटा कन्डम भेटी ।
उसले त्यसलाई खोलेर हेरी तर त्यो के हो भन्ने थाहा पाउन सकिन ।
अनि ऊ मुन्द्रकी स्वास्नीलाई सोध्न गई
नोकर्नी : मालिक्निज्यू यो के चिज हो ?
मुन्द्रेकी स्वास्नीले अचम्म मान्दै भनी, अरे तिमीलाई थाहा छैन, के तिम्रो गाउँतिर सेक्स गरिँदैन ?
नोकर्नीले केही बेर सोचेर जवाफ दिई ।
अँ गर्न त गरिन्छ तर यसरी बिँडको काँचुली नै निस्कने गरी त गरिँदैन ।
साभार: ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०६:२५
प्रतिक्रिया दिनुहोस्