फिफा विश्वकपमा आज चार खेल

बिहीबार, मंसिर १५, २०७९

दोहा— कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदैछ । समुह इ र एफको अन्तिम खेल हुनेछ जसमा चारपटकको विश्व च्याम्पियन जर्मनीलाई जित्नुपर्ने दवाव रहेको छ । 

साँझ पौने नौ बजे समुह एफ अन्र्तगत गत विश्वकपको उपविजेता क्रोसियाले बेल्जियमको सामना गर्दा सोही समयमा समुह एफ कै खेलमा क्यानडाले मोरक्कोको सामना गर्दै छ । 

क्रोसिया र मोरोक्कोको समान चार अंक भएता पनि क्रोसिया गोल अन्तरको आधारमा पहिलो स्थानमा रहेको छ । त्यस्तै मोरोक्को दोस्रो स्थानमा रहँदा तीन अंक भएको बेल्जियम तेस्रो स्थानमा रहेको छ । समुह चरणको दुवै खेलमा पराजित भएको क्यानडा अंक विहिन रहँदै चौथो स्थानमा रहेको । क्यानडा विश्वकपबाट बाहिरिसकेको छ भने बेल्जियमलाई जित्नै पर्ने दवाव रहेको छ । 

आजै राति पौने एक बजे समुह इ का दुबै खेल हुनेछन् । समुह इ मा स्पेनले जापानसँग खेल्दा जर्मनीले कोस्टारिकासँग खेल्दैछ । 

स्पेन चार अंकसहित समुहको तालिकाको शिर्ष स्थानमा छ भने जापान तीन अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेका कोस्टारिकाको पनि तीन अंक भएता पनि जापानसँग गोल अन्तरका आधारमा पछि परेको छ । त्यस्तै चार पटकको विश्व च्याम्पियन जर्मनी एक अंक जोड्दै पुछारमा रहेको छ । 

यसअघिको विश्वकपमा पनि जर्मनी समुह चरणबाटै बाहिरिएको थियो ।  

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०५:५५
प्रतिक्रिया दिनुहोस्