सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा

बिहीबार, मंसिर १५, २०७९

काठमाडौँ—सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित उक्त लाभांश मध्ये ४।७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०।२५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

मंसिर १४ गते बेलुका सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात बैंकका सम्बन्धित शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०५:४६
प्रतिक्रिया दिनुहोस्