अर्थतन्त्रमा आपतकालीन अवस्था आउन सक्छ : गगन थापा

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र यथास्थितिमा नचल्ने र कुनै पनि बेला आपतकालनि अवस्था आउन सक्ने भएकाले सरकारको आगामी नेतृत्वले सचेत हुनुपर्ने बताएका छन् ।


आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।


अर्थतन्त्र यथास्थितिमा चल्दैन, आपतकालीन अवस्था आउन सक्छ भन्ने रियलाइज गरेर काम गर्नुपर्ने अवस्था रहेको उनले बताए ।


‘हामी निर्वाचनमा जसरी खटियौं, अबको नेतृत्वले अर्थतन्त्रमा त्यसैगरी काम गर्नुपर्छ ।’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०४:५९
प्रतिक्रिया दिनुहोस्