माओवादी जुम्ला इन्चार्जको जिम्मेवारी नरेश भण्डारीलाई

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रले माओवादीका पोलिटव्यूरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला इन्चार्ज तोकेको छ।

आफूलाई पार्टीले १५ वर्षपछि फेरि इन्चार्जको जिम्मेवारी दिएको भण्डारी जानकारी दिए। इन्चार्जको जिम्मेवारी पाएसँगै उनले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्।

पार्टी विधानले तोके बमोजिम भण्डारीलाई जिल्ला ईन्चार्जको जिम्मेवारी दिइएको प्रदेश इन्चार्ज कालीबहादुर मल्लद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। यसअघि जुम्ला इन्चार्जमा माओवादी नेता गजेन्द्रबहादुर महत थिए।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०४:५२
प्रतिक्रिया दिनुहोस्