स्रोत नखुलेको १२ लाख बढी नगदसहित २ जना पक्राउ

बिहीबार, मंसिर १५, २०७९

काठमाडौँ - रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको १२ लाख ६४ हजार ८ सय रूपैयाँसहित २ जना युवकलाई नियन्त्रणमा लिएको छ। 

सशस्त्र प्रहरी ११ नम्बर हेक्वा हजमिनिया गौर बाट इन्स्पेक्टर शंकर थापाको कमान्डमा गएको टोलीले गौर स्थित बरहवा पुल छेउमा चेकजाँचको क्रममा अवैध रकमसहित दुवै जनालाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा गढीमाई नगरपालिका ४ सग्रामपुरका २९ वर्षीय राजुकुमार यादव र ३३ वर्षीय राजेश कुमार यादव रहेको सशस्त्र प्रहरी रौतहटले जनाएको छ । 

उनीहरुको साथबाट बरामद रूपैयाँ, उनिहरुले प्रयोग गरेको प्रदेश ३–०२०१३ प ४९५६ नम्बरको मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०३:११
प्रतिक्रिया दिनुहोस्