डोटीमा वडाध्यक्ष जोशीको निधन

बिहीबार, मंसिर १५, २०७९

डोटी - डोटीको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको हो।  

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेका पूर्वीचौकी-४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए। उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । उनको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा.सोहन शाहले बताए। 

जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०२:१८
प्रतिक्रिया दिनुहोस्