पाकिस्तानको कोइला खानीमा पुरिएर ९ मजदुरको मृत्यु

बिहीबार, मंसिर १५, २०७९

 

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला खानीमा कम्तीमा ९ कामदारको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।   

दुर्घटनाको समयमा खानीमा १३ जना कामदार थिए। ९ जनाको शव निकालिएको सो क्षेत्रका उपायुक्त अदनान फरीदले बताएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । खानीभित्र केही मजदुर फसेको अनुमान गरिएको छ। 

घटना लगत्तै उद्दारकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०१:४६
प्रतिक्रिया दिनुहोस्