अभिभावकले बुझ्नै पर्छ, किन स्कुल जान मान्दैनन् बच्चा ?

बिहीबार, मंसिर १५, २०७९

काठमाडौँ । एउटै कक्षा कोठाका सबै विद्यार्थीहरु समान हुँदैनन् । कोहि तिक्ष्ण हुन्छन्, कोहि कमजोर हुन्छन् । कोहि बाठो हुन्छन् त कोहि सोझो हुन्छन् । सोझो र कमजोर विद्यार्थीहरु पढाईका कारण मानसिक दबाबमा हुन्छन् । तर यो कुरा कमजोर विद्यार्थीले व्यक्त गर्न सक्दैन । यस्तोमा भित्रभित्रै पीडावोध भएर यस्ता विद्यार्थी स्कुल जान मन गर्दैनन् । यस बाहेक पनि अन्य धेरै कारणहरु हुन्छ जसका कारण विद्यार्थी स्कुल जान मन गर्दैनन् । 

के हुन् त ति कारणः

शिक्षकले सबै विद्यार्थीलाई समान व्यवहार नगर्दा कम माया पाएको महशुस गर्ने विद्यार्थी  स्कुल जान मान्दैनन् ।

केहि विद्यार्थी साथीको व्यवहारबाट पनि दुखी हुन सक्छन् । साथीले जिस्काउने, होच्याउने जस्ता कुराले विद्यार्थीलाई तनाव हुनसक्छ । जसका कारण उ विद्यालय जान मान्दैन । 

कक्षा कोठामा साथीबाट हुने दुब्र्यवहारले विद्यार्थीहरु आजित भएको हुन सक्छन् । यसैको आतंकका कारण उनीहरु मानसिक दबाबमा हुन्छन् । तर यो कुरा अभिभावक र शिक्षकलाई भन्न सक्दैनन् बरु विद्यालय जान मन गर्दैनन् ।

साथीको भन्दा आफ्नो झोला, कापी–किताब, शैक्षिक सामग्री नराम्रो छ भने पनि विद्यार्थीहरु स्कुल जान मन गर्दैनन् । यस्तै घरबाट पठाइदिने खाजा मीठो र राम्रो नभए पनि यस्तै साना कुरामा पनि चित्त दुखेर उनीहरु स्कुल जान मन नगर्न सक्छन् ।

कतिपय विद्यालयको शौचालय बालमैत्री हुँदैन । त्यसमा पनि केहि शौचालय नजान डर देखाइ दिन सक्छन् । यसरी विद्यालयमा शौचालयका कारणले भोग्नुपर्ने पीडा सम्झेर पनि विद्यार्थीहरु घरमै बस्न मन गर्छन् ।

पढाई, क्लास वर्क, होमवर्कमा शिक्षकको बढि दवाव भयो, शिक्षकले कुट्ने पिट्ने गरे, डर देखाएमा विद्यार्थी स्कुल जान मान्दैनन् । 

अक्सर शिक्षकको झुकाव पढाइमा अब्बल विद्यार्थीमा हुन्छ । कतिपय शिक्षकले विद्यार्थी बीच तुलना पनि गर्छन् । यसले पढाईमा कमजोर विद्यार्थीमा हीन भावना हुन सक्छ र अरुको सामु आफुलाई कमजोर ठान्छन् । यहि कारण उनीहरु स्कुल जान मन गर्दैनन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०१:३९
प्रतिक्रिया दिनुहोस्