यस्तो छ आजको मौसम

उल्लेखनीय मौसमी प्रणाली नभएपनि चिसो बढ्ने र देशका पहाडी भू-भागमा आंशिक बदली
बिहीबार, मंसिर १५, २०७९

काठमाडौँ । तराई भू-भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

देशमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि चिसो बढ्ने र देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 

दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ००:४५
प्रतिक्रिया दिनुहोस्