विराटनगरमा ‘नेपथ्य’ को प्रस्तुति शुक्रबार

बुधबार, मंसिर १४, २०७९

विराटनगर–नेपाली सांगीतिक क्षेत्रमा स्थापित ‘नेपथ्य’ ब्याण्डले विराटनगरमा लाइभ कन्सर्ट गर्ने भएको छ । विराटनगरको हाटखोला मैदानमा शुक्रबार ‘नेपथ्य’ ब्याण्ड प्रस्तुत हुने भएको हो ।  


विराटनगर, वीरगञ्ज, हेटौंडा, भरतपुर, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटबल, पोखरा र काठमाडौंमा ‘नेपथ्य’ ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुती गर्ने छ । सहयोगापेक्षी सडक आश्रितहरुको उद्दार गर्दै आइरहेको मानवसेवा आश्रमले ‘नेपथ्य’ ब्याण्डसँगको सहकार्यमा सांगीतिक कार्यक्रम गर्न लागेको हो ।    


मानसेवा आश्रमले आफ्नो निर्माणाधीन भवनको निर्माण कार्यलाई अघि बढाउनका लागि सहयोग स्वरुप सांगीतिक कार्यक्रम गर्न लागेको मानसेवा आश्रम विराटनगरका संयोजक नवराज केसीले बताए । 


‘नेपथ्य’ब्याण्डसँगको सहकार्यमा लाइभ कन्सर्ट विभिन्न १० सहरमा हुनेछ । ‘नेपथ्य’ ब्याण्डले सांगीतिक कार्यक्रम प्रस्तुत गरे वापत कुनै रकम नलिने गरी सेवाका लागि गर्न लागेको संयोजक केसीले बताए । 


आश्रमको विराटनगर, सर्लाही, वीरगञ्ज, लमजुङ, बाग्लुङ, गोरखा, पोखरा, धनगढी, ललितपुर र झापामा भवन निर्माण भइरहेको छ। शाखा रहेका सुर्खेत, भक्तपुर, जनकपुर र नेपालगञ्जमा जग्गा व्यवस्थापन एवं भवन निर्माणको चरणमा रहेको बताइएको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्