लखनउ–बहराइच राजमार्गमा बस र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु, १५ घाइते

बुधबार, मंसिर १४, २०७९

लखनउ—लखनउ–बहराइच राजमार्गमा रोडवेज बस र ट्रक एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

 दुर्घटना बुधबार बिहान२:३० बजेतिर तीव्र गतिमा रहेको ट्रकले बसलाई ठक्कर दिँदा भएको डीएम दिनेश चन्द्र सिंहलाई उद्दृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले लेखेको छ

घाइतेहरुलाई अस्पताल लगिएको छ भने चार जनाको अवस्था चिन्ताजनक रहेको छ ।

दुर्घटनामा ज्यान गुमाएकाहरुको सनाखत हुन सकेको छैन ।

डीएमले भने कि बस लखनउबाट रुपैडिहा तर्फ गइरहेको बेला बहराइचबाट लखनउतर्फ आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो। ट्रक चालक घटनास्थलबाट भाग्न सफल भएका छन् ।

प्रहरीले सीसीटीभी फुटेज हेरेर चालकलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०५:३३
प्रतिक्रिया दिनुहोस्