‘फकाउनै जानिन’ गीतको भिडियो सार्वजनिक

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं–नेपाली फिल्म ‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिन’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा मिलन राई, निसान भट्टराई, केतन क्षेत्री, अस्मिता अधिकारी, मनिस ढकाल आदिले आवाज दिएका छन् । 


गीतको भिडियो राम्रो बनेको छ भने नायक आरएन सिग्देल र नायिका उपासना सिंह ठकुरीले नृत्य गरेका छन् । यस गीतमा प्रयोग भएका पोशाकले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ ।


गीतको छायांकन भक्तपुर दरबार स्क्वायरमा भएको छ । यस फिल्ममा आरएन सिग्देल र नायिका उपासना सिंह ठकुरीका साथै सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राना जस्ता कलाकारहरुले पनि अभिनय गरेका छन् । फिल्म पुस १५ गतबाटे प्रदर्शनमा आउँदै छ भने फिल्मलाई प्रवीन झाले निर्देशन गरेका छन् । 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्