यस्तो छ आजको राशिफल

मंगलबार, मंसिर १३, २०७९

आज २०७९ मंसिर १३ गते, मंगलबार, २९ नोभेम्बर २०२२। मार्ग शुक्लपक्ष षष्ठी तिथि, १५ः५१ बजेदेखि सप्तमी। श्रवण नक्षत्र, १३ः५० बजेदेखि धनिष्ठा। चन्द्रराशि–मकर।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मिहिनेत गर्दा तारिफयोग्य काम सम्पादन हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लक्ष्यमा पुग्न केही कठोर नीति अवलम्बन गर्नुपर्ला। दौडधुप गर्नुपरे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ। चुनौती पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)

निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ। सानातिना काममा अलमलिनाले मुख्य काम रोकिएला। अरूको फाइदाका लागि उपयोग भइएला। 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काम दोहोर्याउनुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्य लाभ हुनेछ भने लगानीले दिगो फाइदा दिलाउनेछ। 

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। अर्थ अभावले काम रोकिने सम्भावना छ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्य समस्याले काम रोकिन सक्छ। अल्छी स्वभावले लक्ष्यमा पुग्न समस्या पर्नेछ। अध्ययनमा समय दिन नसकिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यापारमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। तापनि काममा सोचेजस्तै सफलता मिल्नेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ००:१५
प्रतिक्रिया दिनुहोस्