पुनः मतदान गर्नुपर्ने झलनाथ खनालको माग

शनिबार, मंसिर १०, २०७९

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने उनले माग गरेको छ।

‘सुरुबाटै त्रुटिहरु देखिएका छन्। खसेको भन्दा धेरै गणना कसरी हुन्छ ?’ खनालले भने, ‘कुनै ब्रम्हाले ल्याएर त त्यहाँ राखेनन् होला। त्यो धाँधलीकै प्रमाण हो।’

पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन्। अहिले २ बजे पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने तयारी उनले गरेका छन्।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०८:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार