धादिङ–१ बाट एकीकृत समाजबादीका राजेन्द्र पाण्डे बिजयी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– धादिङ–१ बाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीभन्दा ७ हजार ९८१ मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । उनले ३५ हजार ९३४ मत प्राप्त गर्दा त्रिपाठीले २७ हजार ९५३ मत ल्याए ।

 

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४७५ मत पाए भने मंगोल नेसनल अर्गनाइजेसनका सुमन तामाङ ८८२ मत प्राप्त गरे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०३
प्रतिक्रिया दिनुहोस्