रौतहट–३ बाट प्रभु साह निर्वाचित

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं । रौतहट–३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् ।

 

एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका साहले ३२ हजार ४३७ मत पाए । उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार ओम प्रकाशले २५ हजार २०० मत पाए ।

 

नेकपा माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५५८ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका नागेन्द्र चौधरीले १७२३ मत पाए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०२
प्रतिक्रिया दिनुहोस्