बर्दघाटमा एक जना पुरुषको हत्या

बिहीबार, मंसिर ८, २०७९

बुटवल— पश्चिम नवलपरासीको बर्दघाटमा एक जना पुरुषको हत्या भएको छ ।

बर्दघाट नगरपालिका वडानम्बर ४ हाटबजार नजिकैको घरमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी ४६ वर्षीय पुरुषको हत्या गरेका हुन् ।

मृतकको पर्समा भेटिएको नागरिकता अनुसार मृतक गण्डकी प्रदेशको बाग्लुड जिल्ला जलजलाका दिलीप कुमार पुन भएको प्रहरीले जनाएको छ ।

सोही घरमा अन्दाजी ४७ वर्षीया एक महिला पनि सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए ।

घाइते महिलालाई चिसापानी अस्पताल बर्दघाटमा पुर्‍याइएको र त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

राति करिब ८ बजेतिर भएको घटनामा संलग्नको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धानको लागि तालिमप्राप्त कुकुर र विद्युतीय संयन्त्रको प्रयोग गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।

घटनास्थलबाट हत्यामा प्रयोग भएको खुकुरी र पर्स फेला परेको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार