यी हुन लाभांश घोषणा गर्ने बैंक तथा वित्तिय संस्था, कस्ले कति दिए लाभांश ?

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । हालसम्म ११ वाणिज्य बैंक र एउटा इन्प्रास्टक्चर बैंकले आफ्ना सेयर लगानीकर्तालाई लाभांशको घोषणा गरेका छन् । बैंक तथा वित्तिय संस्थाहरुले साधारणसभाबाट पारित लाभांश घोषणा गरिरहेको छन् ।

 

सेयर बजारमा प्रभुत्व रहेको बैंक तथा वित्तीय संस्थाले घोषणा गरेको लाभांश उनीहरुको साधारण सभाबाट पारित र नियामक निकायबाट अनुमोदन भएपछि सेयरधनीको हातमा पर्नेछ । यसपटक बैंकहरुले बोनस सेयरभन्दा नगद लाभांशलाई बढी प्राथमिकता दिएका छन् ।

 

अघिल्लो वर्षको तुलनामा यो पटक अधिकांश बैंकहरुको लाभांश क्षमता घटेको देखिन्छ । हालसम्म लाभांशको घोषणा गरिसकेका ११ वाणिज्य बैंक र एउटा इन्प्रास्टक्चर बैंकको लाभांश कुन बैकको कति लाभांश ? यहाँ उल्लेख गरिएको छ ।

 

मेगा बैंक

इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान लागेको मेगाले पनि गत वर्षको भन्दा कम लाभांश दिदैछ । मेगाले गत वर्षको नाफाबाट सेयरधनीलाई कूल ७.८३ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । बैंकले ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश दिदैछ । गत वर्ष मेगाले १२.०७ प्रतिशत बोनस सेयर दिएको थियो । मर्जरको प्रक्रियामा रहेको मोगाको सेयर कारोबार शुक्रबारबाट खुला भएको छ ।


नेपाल इन्भेष्टमेन्ट बैंक

मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय बैंकको सञ्चालक समितिको बैंठकले गरेको हो । इन्भेष्टमेन्टले अहिले दिन लागेको लाभांश गत वर्षको भन्दा कम हो । अघिल्लो वर्ष इन्भेष्टमेन्टले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंक अफ काठमाण्डु

बैंक अफ काठमाण्डुले पनि गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । हाल ग्लोबल आइएमई बैंकसँग मर्जर प्रक्रियामा रहेका कारण नेप्सेमा बैंक अफ काठमाण्डुको सेयर कारोबार भने रोक्का रहेको छ । बिओकेको १० करोड ६२ लाख ३९ हजार ९ सय ३६ कित्ता सेयर धित्रोपत्र बजारमा सूचीकृत छ ।


ग्लोबल आइएमइ बैंक

ग्लोबल आइएमईले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र करसहित १०.६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो । हाल ग्लोबल आइएमई बैंक अफ काठमान्डूसँग मर्ज प्रक्रियामा छ । ग्लोबल आइएमईको २३ करोड ७९ लाख ५७ हजार कित्ता दोस्रो बजारमा सूचीकृत छ ।

प्रभु बैंक

प्रभु बैंकले ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत वर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रभुको दोस्रो बजारमा १२ करोड ७० लाख ८७ हजार कित्ता सेयर सूचीकृत छ । प्रभु बैंक र सेन्चुरी बैंक एक आपसमा गाभिन लागि नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाइसकेका छन् ।

स्ट्याण्डर्ड चार्टड बैंक

स्ट्याण्डर्ड चार्टड बैंकले गतवर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश दिदैछ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने स्ट्याण्डर्डले १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश दिएको थियो । यसको ९ करोड ४२ लाख ९४ हजार कित्ता सेयर धितोपत्र बजारमा सूचीकृत छ ।


कुमारी बैंक

गत असोज १० गते एनसीसी बैंकसँग मर्जरमा जाने सम्झौता गरेको कुमारी बैंकले १२.५० प्रतिशत नगद लाभांश दिदैछ । कुमारी बैंकको कात्तिक २१ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । १४ करोड ७१ लाख ११ हजार कित्ता सेयर पूँजी बजारमा सूचीकृत छ ।

नेपाल इन्फ्रास्टक्चर बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको नाफाबाट ४.५२६३ प्रतिशत लाभांश दिदैछ । निफ्राले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । निफ्राको २१ करोड ६९ लाख कित सेयर धितोपत्र बजारमा सूचीकृत छ ।


सानिमा बैंक

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.९८ प्रतिशत लाभांश दिदैछ । बैंकले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश दिनेछ । अघिल्लो आर्थिक वर्षमा बैंकले १७.८९ प्रतिशत लाभांश दिएको थियो । सानिमाको ११ करोड ३२ लाख ७३ हजार कित्ता सेयर धितोपत्र बजारमा सूचीकृत छ ।

एनसीसी बैंक

कुमारी बैंकसँग मर्जरको प्रक्रियामा रहेको एनसीसी बैंकले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत लाभांश दिने भएको छ । एनसीसीले ३.३६६ प्रतिशत बोनस सेयर र ७.६३३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । एनसीसीले अघिल्लो आर्थिक वर्ष ८.४२ प्रतिशत लाभांश दिएको थियो । एनसीसीको ११ करोड १३ लाख ९६ हजार कित्ता सेयर पूँजी बजारमा सूचीकृत छ ।


सिटिजन्स बैंक

सिटिजन्स बैंकले पनि आफ्ना सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिदैछ । गत वर्ष बैकले १२.९१ प्रतिशत बोनस सेयर र ३.०८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । वाणिज्य बैंकहरुम सबैभन्दा पहिले सिटिजन्स बैंकले यो वर्षको लाभांश घोषणा गरेको हो ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:१३
प्रतिक्रिया दिनुहोस्