चुट्किला

बिहीबार, मंसिर ८, २०७९

देशको ५० प्रतिशत

 

एउटा पत्रिकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रा देशका ५० प्रतिशत नेताहरू भ्रष्टाचारी छन् । भोलिपल्टदेखि त्यो सम्पादकलाई फोनमा धम्की आउन थाले । तैँले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन । सम्पादकले पनि हुन्छ, म भोलिको पत्रिकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ । भोलिपल्ट पत्रिकामा समाचार छापियो— हाम्रा देशका ५० प्रतिशत नेताहरू भ्रष्टाचारी छैनन् ।

 

मनै पराउनु हुन्न

 

प्रेमी : हैन ! तिमीले यो मिनिस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?
प्रेमिका : अहँ ! गर्नु हुन्न तर आमाले चाहिँ साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी : बुवाले चाहिँ केही नभन्ने अनि आमाले चाहिँ किन त्यति धेरै गाली गर्ने नि ?
प्रेमिका : आमा आफ्नो लुगा अरुले लगाएको मन पराउनु हुन्न क्या !

 

साभार: ‘हँसाउने जोक्स’ पुस्तकबाट

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:१५
प्रतिक्रिया दिनुहोस्