महिलाको हत्केलामा भूकम्प मापन

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - अचम्म लाग्ला नि, महिलाको हत्केलामा पनि कसरी भूकम्प मापन हुन्छ भनेर ? तर एक अद्भूत क्षमता भएकी महिलाको हत्केलामा सबैभन्दा पहिले भूकम्पको तरङ्ग मापन हुन्छ । विश्वको जुनसुकै कुनामा भूकम्प जाँदा सिस्मोग्राफिक मेसिनमा जस्तै उनको हत्केलामा कम्पन अङ्कित हुन्छ ।

यसरी मेसिनले भन्दा छिटो भूकम्पको धक्का थाहा पाउने क्षमता भएकी ती महिला हुन्– स्पेनकी नूर रिबास । विश्वभरको भूकम्प मापन गर्ने यो क्षमता उनको जन्मजात वा दैवीशक्ति चाहिँ होइन । वास्तवमा उनको हातमा एउटा यस्तो चिप प्रत्यारोपण गरिएको छ, जसले विश्वभरको भूकम्पको मापन गरेर जानकारी दिन सक्छ ।

यसलाई ‘सेस्मिक कम्प्युटर चिप’ भनिन्छ । दुनियाका जुनसुकै ठाउँमा भूकम्प जाँदा पनि उनको हातको उक्त चिपमा कम्पन अङ्कत हुन्छ । विश्वको जुनसुकै भूकम्पको जानकारी पाउने भएकोले उनलाई ‘सायबर्ग वुमन’ भनेर चिनिन्छ । हातको चिपमार्फत् भूकम्पको जानकारी पाउने बित्तिकै उनले आफ्नो आइफोनको एपमा भूकम्पको केन्द्र तथा त्यसको तिव्रताको आँकडा खोजिहाल्छिन् । अनि अरुतिर जानकारी फैलाउँछिन् ।

यी युवती पेशाले नर्तकी हुन् । यदि नाचिहेको बेलामा भूकम्प आएमा उनले विशेष खालको अभिनय नृत्यबाटै दर्शकहरुलाई भूकम्पको जानकारी दिन्छिन् । भनिन्छ, २०७२ वैशाखमा नेपालमा भूकम्प आउँदा उनी आधा रातमा उठेर बसेकी थिइन् । उनको हातको चिप्सकै कारण उनले टेलिभिजन वा रेडियोले भन्दा छिटो भूकम्पका बारेमा जानकारी प्राप्त गरी सूचना प्रवाह गर्न सक्दछिन् ।

साभारः ‘अनौठा कुरा’ पुस्तकबाट

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:१९
प्रतिक्रिया दिनुहोस्