करोड करोडको कार किन्ने को हुन् यी १४ बर्से किशोर, यस्तो छ कमाइको स्रोत

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – तपाईँले विश्वभर लग्जरी कारका केही सौखिनका बारेमा सुन्नु भएको होला । लग्जरी कारका शौखिनको सूचीमा केवल ठुला ठुला व्यवसायी उद्योगपतिहरू मात्र होइन केवल १४ वर्षका एक बालक पनि थपिएका छन् । तस्बिरमा देखिएका यी बालकको नाम हाजिर नासरी हो । उनको उमेर केवल १४ वर्ष भयो । उनी मलेसियामा बस्छन् । सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, १४ वर्षका हाजिर सँग लेम्बोर्गिनी, रेञ्ज रोवर जस्ता कैयौं लग्जरी कारहरु छन् । अझ अचम्म त के छ भने यी कार उनले आफ्नै सम्पत्तिले किनेका हुन् । हाजिर अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छन् । उनले हालैमा आफ्ना लग्जरी कारहरूको भिडियो पोस्ट गरेका थिए । हाजिकका अनुसार यी सबै कार उनले आफ्नै पैसाले किनेका हुन् । अझ अचम्म त के छ भने उनले १२ वर्षको उमेरमै आफ्नै कमाइले रेञ्ज रोवर स्र्पोस्ट अटोबायोग्राफि किनेका थिए । जसका मूल्य साढे ३ करोड भन्दा बढी पर्दछ । हाजिकको कमाइको स्रोत भनेको उनका लगानी हो । उनले केही वर्ष अघि बिटकोइनमा लगानी गरेको र यो लग्जरी कार किन्ने पैसा क्रिप्टो बजारबाट आएको हाजिकको भनाई छ । उनका अनुसार १० वर्षकै उमेरमा उनले पहिलो कार किनेका थिए । हाजिकले केवल ४ वर्षमा क्रिप्टो बजारले आफ्नो जीवन परिवर्तन गरेको बताएका छन् । उनी भविष्यमा थप अर्को कार किन्ने योजनामा छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१४
प्रतिक्रिया दिनुहोस्