टर्कीमा पूर्व स्वीकृतिविना कामदार पठाउन खोज्ने मेनपावर कम्पनीमा छापा

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ— वैदेशिक रोजगार विभागले एक मेनपावर कम्पनीमा छापा मारेको छ । मागपत्र र पूर्व स्वीकृति विना नै नेपाली कामदारलाई टर्की पठाउन खोजिरहेको मास्टर जब प्रालिमा विभागले छापा मारेको हो । छापा मारेर महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको विभागले जानकारी दिएकाे छ । छापा मार्ने क्रममा ३० जनासँग अन्तर्वार्ता लिइरहेको थियो । उक्त कम्पनीले कामदार मागपत्र प्रमाणीकरण नगरिकनै टर्की पठाउने भनेर युवाहरूसँग अन्तर्वार्ता लिइरहेको पाइएको हाे। विभागको टोलीले सो सम्बन्धी कागजातहरू बरामद गरी आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार