नेकपा माओबादी केन्द्रको घोषणापत्रः पाँच वर्षमा छोटो माध्यमबाट २० लाख युवालाई रोजगारी दिइने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– नेकपा माओबादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । चुनावी घोषणापत्रमार्फत आगामी पाँच वर्षमा छोटो माध्यमबाट २० लाख युवालाई रोजगारी तथा स्वरोजगार बनाउने समावेश गरिएको छ । मुलुकमा बढ्दो बेरोजगारी अन्त्यका लागि माओबादी आफ्नो चुनावी घोषणापत्रमार्फत राष्ट्रिय रोजगार प्राधिकरण स्थापना गरी स्थानीय तहमा रहेको जनसंख्याका आधारमा रोजगारी सिर्जना गर्ने जनाइएको छ । त्यस्तै, ५०० देखि १००० जना युवालाई अभिमूखीकरण तालिम, बीऊ, पूँजी, सहुलियत कर्जा र प्राविधिक सहयोग गर्ने जोड दिइएको छ । रोजगारी र उद्यमशीलतामा महिललाई पनि सहभागी गराउने कुरा पनि घोषणापत्रमा जोड दिइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२०
प्रतिक्रिया दिनुहोस्