ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरु

शुक्रबार, मंसिर ९, २०७९

१. मानिसको सबभन्दा ठूलो सम्पत्ति उसको साहस र आत्मविश्वास हो । २. आत्माविश्वासमा त्यो शक्ति छ जो सहस्त्र विपत्तिको मुकाबला गरेर तिनमाथि विजय पाउन सकिन्छ । ३. जीवनमा सफलताको शुरुवात आत्मविश्वासबाट हुन्छ । जोसँग आत्मविश्वास छ उसले विपरित परिस्थितिमा पनि नयाँ बाटो भेट्टाउँछ । ४. सफलताका लागि आत्मविश्वास अत्यावश्यक छ । जबसम्म तपाईं आफूमाथि विश्वास गर्नुहुन्न तबसम्म अरुले तपाईंमाथि कसरी विश्वास गर्लान् ? ५. निर्धनको सबभन्दा ठूलो पूँजी र मित्र उनको आत्मविश्वास नै हो । ६. क्रोध, घृणा, अहम्, मोह, आसक्ति यस्ता भाव हुन् जसले मानिसको सोच्ने शक्ति समाप्त गरिदिन्छन् र अन्तत: मानिसको विनाश गरिदिन्छन् । यस विनाशबाट बच्नका लागि मानिसले आत्ममन्थन गर्नुपर्छ । ७. मदिराको बोतलमा प्रेत निवास गर्दछ । जसको डरलाग्दो छाया सयौँ परिवारमा पर्दछ । साभार: ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२१
प्रतिक्रिया दिनुहोस्