अविवाहित भन्दै बिहे गर्ने ४ श्रीमती र ७ सन्तानका पिता बेहुलाको रामधुलाई

शुक्रबार, मंसिर ९, २०७९
तपाईले कतिपय विवाहमा भएका धोका वा झुठ बोलेर विवाह गरेको प्रसंग सुन्नु भएको होला । कतिपय मानिसले आफ्नो उमेर, शिक्षा, कमाई लगायतका बारेमा ठगी गरेर विवाह गर्छन् । तर हालैमा झुठ बोलेर विवाह गरेको एक विवाहको प्रसंगले भने सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । यो घटनाको प्रसंग अहिले सर्वत्र चर्चामा छ । घटना भारतको उत्तर प्रदेशको हो । जहाँ एक व्यक्ति विवाह गर्न पुगे । तर बेहुलीको घरबाट ति व्यक्ति (बेहुला) भाग्नुपर्याे । खासमा एक ५५ बर्षिय व्यक्ति विवाह गर्न बेहुलीको घर पुगेका थिए । तर अचानक उनको यस अघि नै विवाह भइसकेको पोल खुल्यो । उनका श्रीमती र सन्तान ति विवाह स्थल पुगे । रोचक त के छ भने ति व्यक्तिका ४ श्रीमतीसहित ७ सन्तान उनको विवाह भइरहेको स्थल पुगेका थिए । ५५ बर्षिय शफी अहमद ४ श्रीमती भएर पनि पाँचौ विवाह गर्न बेहुला बनेर बेहुलीको घर पुगेका थिए । अहमदले फेरी अर्काे विवाह गर्न लागेको खबर पाएपछि उनका ४ श्रीमती आफ्ना ७ सन्तान सहित विवाह स्थल पुगे । जहाँ पुगेर उनीहरुले बेहुलीलाई यर्थाथ बताए । यति सुनेपछि विवाह स्थलमा ठुलो झगडा हुन थाल्यो । घटनामा बेहुलामाथि कुटपिट समेत भयो । तर मौका छोपेर बेहुला त्यहाँबाट टाप कसे । बेहुला नै विवाह छाडेर भागेपछि बेहुलाका ७ सन्तानले प्रहरीमा बाबुविरुद्ध उजुरी दिएका छन् । छोराछोरीको निवेदनमा बाबुले घर खर्च नहेरेको समेत उल्लेख छ । प्रहरीले आरोपीलाई पक्राउ गरीसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:११
प्रतिक्रिया दिनुहोस्