चुनावका लागि घर फर्कनेको लर्को, काठमाडौँ सुनसान (फोटो फिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– शुक्रबार हुने स्थानीय निर्वाचनका लागि काठमाडौँ उपत्यका छाड्नेको संख्या ५ लाख नाघेको छ । बिहीबार पनि विहानैबाट काठमाडौंमा घर फर्कने सर्वासाधारणहरुको भिड देखिएको छ । भोट हाल्न जानेको सङ्ख्या बढेसँगै काठमाडौं उपत्यकामा चहलपहल कम भएको छ । सडकमा सवारीसाधन र नागरिकको चहलपहल पनि कम भएको छ । राजनीतिक दलले आफू निकटका मतदातालाई यातायातका साधनबाट गाउँ जाने र फर्किने गाडीको ब्यवस्था गरेका छन् । कतिपय भाडाका  र निजी सवारीसाधनबाट पनि घर फर्किएका छन् । मत हाल्ने दिन सरकारले सार्वजनिक बिदा दिएको छ । भोलिपल्ट शनिबार र पर्सिपल्ट आइतबार परेको छ । जेठ १ गतेदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयका कारण ३ दिन लगातार विदा परेको छ । ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:११
प्रतिक्रिया दिनुहोस्