सफलता प्राप्त गर्न श्रीमतीलाई कम्प्युटर किन्ने !

शुक्रबार, मंसिर ९, २०७९

महिला जन्मजात भाव–प्रधान प्राणी हुन् । त्यसैले महिला प्रेम बढी र प्रतिक्रिया कम व्यक्त गर्नमा विश्वास गर्छन ।

पुरुष यसको उल्टो गर्नुमा विश्वास राख्छन् । यी दुवै विश्वास अधुरा छन् । मान्छेको पूर्णता भनेको महिलामा बौद्धिक क्षमता एवं साहसको विकास गर्नु र पुरुषमा भाव एवं कोमलताको विकास गर्नु हो । त्यसैले आफ्नी श्रीमतीलाई नियमित पत्रपत्रिका उपलब्ध गराउनुस् । उनलाई रोचक लाग्ने कुरा तपाईं आफै पढेर सुनाउनुस् । दुवै साथै पढ्नुस् ।

यसरी ३–४ महिना तपाईंले परिश्रम गर्नुभयो भने तपाईंकी श्रीमतीमा बौद्धिक पक्षको विकास हुन्छ जुन तपाईंको लागि पनि फाइदाजनक सिद्ध हुन्छ । बिस्तारै उसको रुचिअनुसारको पुस्तक खोजीखोजी किनेर ल्याइदिनुस् । त्यसपछि विविध विषयका पुस्तकमा पनि उनको रुचि जगाउँदै एक बुद्धिमती श्रीमतीको विकासमा योगदान दिनुस् ।

श्रीमती निरक्षर छिन् भने उसलाई आफैले प्रौढकक्षा दिनुस् वा त्यस्ता कक्षामा पठाउनुस् । मान्छे उमेरले बूढो हुने हैन, नसिकेर बूढो हुने तथ्य सत्यलाई नबिर्सनुस् ।

त्यसैले अन्ततः आफ्नी श्रीमतीलाई कम्प्युटरसमेत उपलब्ध गराउने योजना अहिल्यैदेखि बनाउनुस् । यसबाट तपाईंको काम निकै हल्का हुने र श्रीमतीको आत्मसम्मान निकै चुलिनेछ । अनि के चाहियो ?

साभार : ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार