नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक अधिकारी पुरानै पदमा फर्किए

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - नेपाल टेलिकमका डिल्लीराम अधिकारीले कम्पनीमा प्रवन्धकको जिम्मेवारी पाएका छन् । टेलिकमका पूर्वप्रवन्ध निर्देशक रहेका अधिकारी फेरि प्रवन्धक पदमा फर्किएका हुन् । उनी फर्किएको ब्याकबोन सेवा निर्देशनालयमा विनिता श्रेष्ठ रहेकी छिन् । अधिकारी प्रवन्ध निर्देशक हुँदा नै समितिले कार्यसम्पादन मूल्यांकन गरेर श्रेष्ठलाई प्रवन्धकबाट निर्देशकमा बढुवा गरेको थियो । अधिकारीले नेर्तत्व गरेको निर्देशनालयमा अहिले अधिकारीले काम गरेका छन् । उनले केही दिनदेखि नै प्रवन्धकको हाजिरी गर्न थालेको बताइएको छ । प्रवन्ध निर्देशक बन्नुअघि टेलिकमको १०औं तहमा रहेका उनी बढुवापछि ११ औं तहमा पुगेका थिए ।  तत्कालीन मन्त्रिपरिषदले अधिकारीलाई प्रवन्ध निर्देशक नियुक्त गरेको थियो । यदि भविष्यमा प्रवन्ध निर्देशकबाट पदमुक्त भएमा भने पुरानैमा फर्कन सकिने प्रावधान बनाइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२१
प्रतिक्रिया दिनुहोस्